Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरखाबाट प्रचण्डले चुनाव जितेपछि गुन बिर्सिए : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले निर्वाचन जितेपछि पुरानो गुन बिर्सिएको आरोप लगाएका छन् ।

बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेसपाले राजधानीमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले प्रचण्डले खोलो तरेर लौरो बिर्सिएको आरोप लगाए ।

निर्वाचन अघि प्रचण्डले निर्वाचन क्षेत्रसमेत नपाएर भौतारिएको अवस्थामा आफूले निर्वाचन क्षेत्र छोडेर गुन लगाएको तर निर्वाचन जितेपछि पहिलाको गुन बिर्सिएको गुनासो गरे ।

अध्यक्ष भट्टराईले भने,‘माओवादी शक्तिहरू कहिले एमाले, कहिले कांग्रेसको पछि लागेको छ । प्रचण्ड जीले आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाइरहनुभएको छ । प्रचण्ड आफै पछारिसकेपछि निर्वाचन क्षेत्रसमेत नपाएर भतारिँदै हिँडेको बोला थियो । त्यहाँभित्रका साथीले अबको बाटो तपाईँकै हो । संविधानसभा, गणतन्त्र भन्नुभएको थियो । नबुझेर हामीले विरोध गर्‍यौँ । आखिर तपाईँकै बाटोमा सही रहेछ । हामी अहिले पनि कहिले कांग्रेस त कहिले एमालेतिर भौँतारी रहेका छौँ । तपाईँले फेरी साथ दिनुपर्‍यो । माओवादीलाई समाजवादी पार्टीमा रूपान्तरण गर्छौ । मलाई प्रचण्डजीको विश्वास थिएन।’

उनी सत्ताका लागि जे पनि गर्ने व्यक्ति भएको भन्दै भट्टराईले समाजवादी यात्रामा जान माओवादी तयार भएपछि सहयोग गरेको प्रस्टीकरण दिए ।

त्यतिबेला पार्टी एकीकरणको कुरा कतै नभनिएको दाबी गर्दै पछि प्रचण्डले खोलो तर्यो लौरो बिर्सियो गरेको आरोप लगाए ।

हिजो पानीमा भिजेको बिरालो जस्तो मान्छे चुनाव जितिसकेपछि शेर जसरी गर्जिन थालेको आरोप लगाए । अहिले आफू साना सङ्ख्यामा भए पनि अन्तिममा आफ्नै एजेन्डाले जित्ने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077