Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सशस्त्रका १६ डीआईजीको सरुवा (सूची सहित)

काठमाडौं । सरकारले १६ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ।

गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार १६ जना डीआईजीको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सरुवासँगै सशस्त्र प्रहरीका बाहिनीपतिहरू परिवर्तन भएका छन्।

मकवानपुरको गडिमाई बाहिनीमा गणेशबहादुर ठाडा मगर सरुवा भएका छन्। रुपन्देहीको विन्दाबासिनी बाहिनीमा अभिकुमार खत्री, कास्कीको मुक्तिनाथ बाहिनीमा कुलबहादुर नेम्बाङ र महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराईलाई सरुवा गरिएको छ।

त्यस्तै सुनसरीको बराह बाहिनीमा शम्भु सुवेदी, महोत्तरीको छिन्नमस्ता बाहिनीमा कालीदास धौबजी र कैलालीको वैद्यनाथ बाहिनीमा दीपक अधिकारीलाई सरुवा गरिएको छ।

यस्तो छ सरुवा सूची

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077