Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाँकेमा आगलागीबाट २५ लाखको क्षति

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ ।​

बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको दुई गोठ र दुई घरसहित चार संरचनामा आगलागी हुँदा क्षति भएको राप्तीसोनारी –८ का वडाध्यक्ष शालिकराम डाँगीले जानकारी दिए ।

उनका अनुसार थारूको घरमा रहेको अन्नपात, लत्ताकपडालगायत गरगहनासमेत जलेर नष्ट भएको छ । स्थानीय गिरी परिवारको एकरएक गोठमा लागेको आगलागीमा परेर भेडा, बाख्रा, भैँसी जलेर मरेको वडाध्यक्ष गिरीले बताए ।

घटनाको विस्तृत विवरण नआएको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । करिब दुई घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको टोलीले करिब तीन घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077