Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक बस्दै, एआइजीको पदस्थापन र सरुवा हुने

काठमाडौं। आज बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका एआइजीहरूको बढुवा, पदस्थापन र सरुवा गर्ने भएको छ।

दुई साता अघि नै डीआइजीको एआइजीमा बढुवाको सिफारिस भएपनि हालसम्म निर्णय भइसकेको छैन।

बढुवासँगै पदस्थापन र सरुवाको गृहकार्यमा पुगेकाले निर्णय हुन नसकेको हो ।डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकालको बढुवा सिफारिस भएको थियो।

उनीहरूको पदस्थापनसँगै केही एआईजीको सरुवा पनि हुन लागेको छ। हाल प्रहरी एकेडेमी र प्रशासन विभाग रिक्त छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व पनि फेरिने सम्भावना रहेको स्रोत बताउँछ।

प्रदेश समन्वय विभागका एआइजी सुदिप गिरी को अन्य विभागमा सरुवा हुने सम्भावना छ।

मानव स्रोत विकास विभाग र सिआइबीमा भने हेरफेर नहुने बताइएको छ। आज दिउसो चार बजे मन्त्रिपरिषद् बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077