Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसबीच सहमति आवश्यक छ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसबीच सहकार्य हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचेतक लेखकले यस्तो बताएका हुन् ।

उनले अहिलेको सत्ता समीकरणमा भएका दलहरूभित्रै असन्तुष्टि देखिएकाले पनि गम्भीर रुपमा छलफल हुनु आवश्यक भएको बताए।

सचेतक लेखकले भने,‘नयाँ समिकरणबारे एमालेसँग ठोस रुपमा कुरा त भएको छैन । सत्ताका लागि मात्रै नभएपनि राजनीतिक स्थितरता र मुलुकका महत्त्वपूर्ण एजेन्डा सम्बोधनका लागि भने एमाले र कांग्रेसबीच संवाद र सहमति आवश्यक छ ।’

उनले राजनीतिक अस्थिरताकै कारण अहिलेको संविधानप्रति नै असन्तुष्टि बढेको बताए ।

सचेतक लेखकले अहिलेको समीकरणबारे एमाले भित्रै पनि व्यापक असन्तुष्टि देखिएको बताए ।

त्यसकारण समिकरण विरोधाभास र आशंकाले घेरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077