Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमाले सचेतक बर्तौलाले भने - व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसको व्यक्तिलक्षित संसदीय समितिको माग सम्भव नभएको बताएका छन् ।

सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

सचेतक बर्तौलाले कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताए।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई मात्रै लक्षित गरी कांग्रेसको संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव नरहेको बताए।

सचेतक बर्तौलाले भने,‘फलानो व्यक्ति दोषी छ, फलानो व्यक्तिकेन्द्रित गरिएको छ, त्यसमा हाम्रो सहमति छैन। अरूलाई निषेध गर्ने तरिकाबाट उहाँहरूले प्रस्तुति दिइराख्नुभएको छ। पहिला कसैबारेमा प्रश्न उठेको भए निजले आफ्ना कुरा राख्न पाउनुपर्छ, नेपाली कांग्रेसलाई सुन्न मन छैन होला तर नेकपा एमालेलाई सत्य के हो सुन्न मन छ।’

उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताए।

उनले बैठकले आगामी संसदको बैठकका बारेमा छलफल भएको र पहिलो दिन सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी व्यवस्थित बनाउने बारेमा छलफल भएको पनि बताए।

उनले गृहमन्त्रीमाथि लागेको आरोपबारे संसदमा नेकपा एमालेले सत्य तथ्य जान्न र सुन्न चाहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077