Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भीरबाट लडेर ७० भेडा मरे, ३१ बेपत्ता

    भीरबाट लडेर ७० भेडा मरे, ३१ बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 1.2K
    SHARES

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका ७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् ।

    स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राती भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए ।



    मगे र सिउल दाजुभाइ हुन्। अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन्।



    ३१ भेडा बेपत्ता छन्। गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाई घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन् ।

    रावत दाजुभाईलाई आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार