Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घातक रोग लागेर उपचाररत बाहेक शिक्षकका सबै काज फिर्ता गर्ने निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररत शिक्षकबाहेक काजमा रहेका अन्य सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयका अनुसार मंगलबार सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको हो ।

मन्त्रालयमा शिक्षकहरूलाई विभिन्न अनावश्यक र अस्वाभाविक निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएको थियो ।

त्यसपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077