Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

सिन्धुली। सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइभर्सनमा प्रधानमन्त्रीले स्विच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरुङको ब्रेक थ्रू गरे।

२०७९ असोजबाट सुरुङ खन्ने कामको सुरुवात भएको यो आयोजनाले सुनकोशीको पानीलाई मधेशश प्रदेशका पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्‍याउनु हो।

तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाई सुविधा पुर्‍याउने उद्देश्य यो योजनाको रहेकोछ।

३१.७ मेगावाट विद्युत् पनि उत्पादन गर्ने लक्ष्य समेत रहेको गुरुयोजनाअनुसार १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेन्डले सुनकोशी नदीको पानी मरिण नदीमा पुर्‍याइने छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको यो योजनालाई उनले मधेश प्रदेशको समुन्नतिको प्रमुख आधारशिला भनेर व्याख्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077