Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गृहमन्त्रीमाथि छानबिन माग गर्दा सरकारले प्रतिपक्षलाई बेवास्ता गर्न खोज्यो : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दा प्रतिपक्षीलाई बेवास्ता गरिएको बताएका छन् ।

सिंहदरबारमा भएको पत्रकार भेटघाटका अवसरमा बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् । प्रमुख सचेतक लेखकले समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छानविन आयोग गठन गर्नुपर्ने बताए।

उनले गृहमन्त्रीमाथि मात्रै संसदीय छानबिन गर्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको आरोप लगाए।

प्रमुख सचेतक लेखकले भने, 'लाखौं मान्छेको अर्बौं रुपैयाँ रकम सहकारीमा जम्मा भएको छ। त्यो रकम अपचलन भयो। दुरुपयोग भयो। जसका कारण बचतकर्ताको रकम जोखिममा परेको छ। बचतकर्ताको रकम सुरक्षा गर्नका लागि दुरुपयोग गर्ने मानिसहरूलाई कारबाही गर्नुपर्‍यो भनेका हौं।'

उनले संसदको आगामी अधिवेशनमा पार्टीको रणनीतिका विषयमा बिहीबार बस्ने संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने बताए।

प्रमुख सचेतक लेखकले अहिले सदनमा सत्तापक्षले प्रतिपक्षीलाई वेवास्ता गर्न खोजेको र सरकारले पनि प्रतिपक्षीले उठाएका विषयलाई गम्भीरता नदेखाएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077