Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादव नेतृत्वको जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

मुलुकको वर्तमान राजनीतिक परिस्थिति र आगामी राष्ट्रिय महाधिवेशनसहितका विषयमा निर्णय लिन पार्टी अध्यक्ष उपेन्द्र यादवले बैठक आह्वान गरेका हुन् ।

बैठक वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने तय भएको छ ।

पत्रमा राजनीतिक समिति सदस्य, केन्द्रीय समिति सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ । पार्टी विभाजन भएपछि यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077