Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि भइसक्यो : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति पार्टीको बटमलाइन भएको बताएका छन् ।

संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् । प्रमुख सचेतक लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने बताए।

प्रमुख सचेतक लेखकले भने,‘रवि लामिछानेबारे संसदीय छानबिन समितिको मागबारे औचित्य पुष्टि भइसकेको छ । अब यो माग कांग्रेसको मात्र नभएर नेपाली जनताकै भएको छ । यदि सरकार विपक्षको मागलाई सम्बोधन गर्न तयार भएन भने सदनका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय गरेको छ ।’

उनले आजको बैठकमा आफूहरू कुरा राख्ने र त्यसपछि संसद्‌मा को को बोल्न माग गर्छन् सोही अनुसार अघि बढ्ने बताए ।

उनले सरकारले गैर जिम्मेवार बनेको आरोप लगाए। सहकारी ठगी प्रकरणमा जोगाउनको लागि राज्यको संयन्त्रकै दुरुपयोग गरेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077