Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरे र प्रमुख सचेतकबीच जुटेन सहमति, कांग्रेसको अडान कायमै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि दुई चरणमा गरेको छलफलमा सहमति विहीन भएको छ ।

शुक्रबार दिउँसो नयाँ बानेश्वरमा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दा कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि छलफल सहमति विहीन बनेको हो ।

बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूचीमा नेपाली कांग्रेसले असहमति जनाएको छ ।

कांग्रेसको असहमतिका कारण कार्यसूची टुंगो नलाग्दा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ ।

आज बस्ने तय भएको संसद बैठकका कार्यसूची तय गर्नुअघि सभामुख घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए।

सो छलफलमा कांग्रेस नेताहरुले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077