Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न समिति नबनेसम्म दुवै सदन चल्न सक्दैन : सिटौला

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संसदीय छानबिन समिति गठन नगरे दुवै सदन अघि बढ्न नसक्ने बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै कांग्रेस राष्ट्रियसभा दल नेता सिटौलाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए हुन्।

नेता सिटौलाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे संघीय संसदका दुवै सदनको बैठक अघि बढ्न नसक्ने बताए।

नेता सिटौलाले भने,‘अर्बौंको अपचलनको कुरा छ। गृहमन्त्रीजी कहीँ संलग्नता छैन भन्नुहुन्छ, झन् राम्रो। संसदीय समिति बनाएर क्लिन चिट लिनुहोस् । पहिले पनि यस्ता कुरा उठ्दा संसदीय छानबिन समितिको अभ्यास छ। गृहमन्त्रीलाई राजीनामा दिनुस् पनि हामीले भनेको छैन।’

संसदीय छानबिन समिति बनाउन सत्तापक्षलाई सजिलै रहेको उनले बताए। नेता सिटौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले दिएको चिठीबारे पनि प्रश्न उठाए।

गृहमन्त्रीमाथिको अनुसन्धान प्रहरीले गर्न नसक्ने र यो कसैले नपत्याउने पनि सिटौलाले बताए।

कांग्रेस संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक चल्न नदिने भन्ने निर्णय गरेको भन्दै नेता सिटौलाले संसदीय छानबिन समिति बनाउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको आरोप लगाए ।

उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077