Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस नेता सिटौला भन्छन् - संविधानमा देखिएको कमजोरी सच्याउन जरुरी छ

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले संविधानमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन् ।

उनले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको भन्दै संविधानमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए।

नेता सिटौलाले पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तीनवटा फरक-फरक सरकार बनेका कारण त्यसको असर प्रदेशमा देखिएको बताए।

जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेण्डामाथि समग्र पार्टी पंक्ति एकाकार भएर जनतामाझा जानुपर्ने बेला आएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077