Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेसले संसदीय समितिका नाममा सरकार मागेको हो : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले संसदीय समितिका नाममा सरकार माग गरेको आरोप लगाएका छन्।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आरोप लगाएका हुन् ।

एमाले प्रमुख सचेतक बर्तौलाले भने, ‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषय कानुनसम्मत छैन । कांग्रेसले समितिका नाममा सरकार माग गरेको हो । यो माग पुरा गर्न असम्भव छ ।’

प्रमुख सचेतक बर्तौलाले कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग पुराहुनेवाला नभएको भन्दै कांग्रेसको मागअनुसार गए सहकारी पीडितले न्यायसमेत नपाउने दाबी गरे ।

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिले मंगलबार संसद्का दुवै सदनको बैठक बोलाएको भन्दै त्यो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने बताए ।

कांग्रेसको माग सहकारी पीडितलाई न्याय दिने खालको नरहेको उनको भनाइ छ। प्रमुख सचेतक बर्तौलाले नियमविपरीत समिति बनाउँदै जाँदा कानुन बनाउन आएका सांसदहरू अनुसन्धान अधिकारीमा परिणत हुने बताए।

उनले सहकारी पीडितको रकम फिर्ता गर्ने सवालमा एमालेले पनि सरकारलाई दबाब दिने बताए। प्रमुख सचेतक बर्तौलाले जेठ गते ३ बजे सभामुखले नभएर राष्ट्रपतिले बैठक बोलाएकाले कांग्रेसले के गर्ने भन्ने चासो आफूहरूलाई पनि रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077