Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारबाट बाहिरिने तयारीमा उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारबाट बाहिरिने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट जसपा बाहिरिन लागेको हो ।

जसपा, नेपालबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री र दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री छन् । सत्तासाझेदार दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) आइतबार मधेश प्रदेश सरकारबाट बाहिरिएका छन् ।

त्यससँगै जसपा, नेपालले पनि केन्द्र सरकारबाट बाहिरिने तयारी गरेको हो । उक्त पार्टीको सोमबार केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

सोही बैठकमा सरकारबाट बाहिरिने निर्णय लिइने बताइएको छ । संघीय परिषद् अध्यक्ष अशोककुमार राईले बहुमत सांसदसहित पार्टी विभाजन गरेर बाहिरिएपछि वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष यादव अफ्ठ्यारोमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077