Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

हेटौंडा । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको थियो ।

सरकारको सोही निर्णय र सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजका लागि वर्षे अधिवेशन आह्वान गरेका हुन् ।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077