Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसद्को संयुक्त बैठक : सभामुख परामर्शमा व्यस्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची छ ।

दिउँसो ३ बजे प्रस्तुत गरिने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ । सभामुख देवराज घिमिरेले दिउँसो १२ः३० बजे राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै छन् ।

उनले दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ ।

सरकारको वार्षिक बजेटअघि संघीय संसद्का दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077