Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा सशस्त्रका नयाँ डीआईजी अधिकारीले बुधबारदेखि कमाण्ड सम्हाल्ने

कैलाली । सुदूरपश्चिममा सशस्त्रका नयाँ डीआईजीले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन् ।

हालै सरुवा भएका नयाँ डीआईजी दिपक अधिकारी सुदूरपश्चिम आइपुगेका हुन् । मंगलबार सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल ७ नम्बर बैद्यनाथ बाहिनी अत्तरिया, कैलालीमा हाजिर भएको बताइएको छ।

उनको बाहिनी लगायतका स्थानमा स्वागत कार्यक्रम जारी छ। यस्तै यहाँबाट सरुवा भई गएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको विदाई गरिएको छ।

आजमात्रै नेपाल प्रहरीको प्रदेशस्थित धनगढीको मुख्यालयमा प्रहरीका डीआईजी, राष्ट्रिय अनुसन्धान विभागका डीआईजी लगायतले उनीहरूको स्वागत र विदाई गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077