Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली लाइसेन्स वितरण प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप दुई जनालाई पक्राउ गरेको छ ।

सीआइबीले इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारी र काठमाडौंको यातायात व्यवस्था विभागमा कार्यरत एक महिलालाई पक्राउ गरेको हो।

उनीहरू दुई जनालाई पक्राउ गरेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।

आइटी इन्जिनियर सुरजप्रकाश अर्याल, इन्जिनियर हरिश भट्ट, शाखा अधिकृत नारायणप्रसाद पाण्डे, लाजरस सुनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बाँस्तोला, बसन्त पाण्डे र बिर्जुकुमार चौधरी प्रहरीको हिरासतमा छन्।

विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको छ।

पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो।

सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम’मा चलखेल गरी लाइसेन्स जारी भएको पाइएपछि यातायात व्यवस्था विभागका आइटी प्रमुख मुकेश रेग्मीको संयोजकत्वमा छानबिन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077