Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अब युवाहरू मिलेर देशको विकास र समृद्धिमा ध्यान दिनुपर्छ : सुहाङ नेम्वाङ

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।

एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको युवा विचार गोष्ठीमा सांसद नेम्वाङले यस्तो बताएका हुन् ।

राजनीति कहिल्यै पनि फोहोरी नहुने भन्दै उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे व्यक्ति नै फोहोरी हुने जिकिर गरे।

उनले अब सबै युवाहरू मिलेर देशको विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताए । मुलुकमा नै प्रयाप्त अवसर सिर्जना गरेर युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077