Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (२) ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेश क्षेत्रीय सम्मेलन तथा प्रोफाइल लोकार्पण’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अस्थिरताको बीचमा फसेको देशलाई बाहिर निकाल्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । पार्टीभित्र देखिएका मतान्तर आक्रोश समस्यालाई थाँती राखेर मुलुकलाई अगाडि बढाउन कांग्रेस अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी उहाँले हाल देशमा देखिएका समस्या समाधानमा सत्तापक्ष जिम्मेवार हुनुपर्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077