काठमाडौं । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गर्दै छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार बिहान साढे १० बजे सभामुख घिमिरेले संसद् बैठक चलाउनेबारे राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।
आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।