Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसदीय समितिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नैपर्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने बताएका छन् ।

सचेतक लेखकले सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष जिम्मेवारपूर्ण रूपमा प्रस्तुत नभएको बताएका हुन् ।

संसदीय समिति बनाउन तयार भएको सरकार आरोप लागेका गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न भने तयार नदेखिएको प्रमुख सचेतक लेखकले बताए।

सचेतक लेखकले भने,‘संसदीय छानबिन समिति बनाउने भन्ने कुरामा सहमति नै छ। त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्ने कुरा भइरहेको छ । सत्ता पक्षका साथीहरु झापामा आगो लागेको छ, कञ्चनपुरमा निभाउन जाउँ भनेजसरी प्रस्तुत हुनुहुन्छ।’

सहकारी प्रकरणमा सत्ता पक्ष झारा टार्ने गरी प्रस्तुत हुन खोजेको सचेतक लेखकबो दाबी छ ।

गृहमन्त्री लामिछानेमाथि आरोप लागेकाले उनको नाम समावेश गरेर मात्र संसदीय समिति बनाउनुपर्ने पक्षमा कांग्रेस रहेको उनले बताए।

प्रधानमन्त्रीसहित सत्ता पक्ष र कांग्रेसका नेताहरूबीच शनिबार नै संसदीय समिति गठनका विषयमा सहमति जुटे पनि यसको क्षेत्राधिकारबारे सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077