Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविलाई गगनको चुनौती - विदेशीलाई सूचना बेच्ने जानकारी छ भने अनुसन्धान गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई विदेशीलाई सूचना बेच्ने जानकारी छ भने अनुसन्धान गर्न चुनौती दिएका छन् ।

सदनमा गृहमन्त्रीले सहकारी प्रकरणमा आफू संलग्न नरहेको भन्दै दिइएको प्रस्टीकरणपछि तत्काल कांग्रेसका महामन्त्री थापाले पत्रकार सम्मेलनमार्फत लामिछानेलाई यस्तो चुनौती दिएका हुन् ।

उनले सदनमा गरेका सबै विषयमाथि समिति बनाउन चुनौती दिए । महामन्त्री थापाले विदेशी सूचना बेच्ने जानकारी गृहमन्त्रीसँग छ भने अनुसन्धान गरे हुन्छ भन्दै चुनौती दिए ।

‘विदेशीलाई सूचना बेच्ने जानकारी छ भने अनुसन्धान गरे हुन्छ,’ थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077