Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापाको दाबी - एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु काण्डमा मिलेर जाने समझदारी छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले सहकारी काण्ड नउठाउने र रास्वपाले गिरिबन्धु काण्ड नउठाउने समझदारी बनेको दाबी गरेका छन् ।

आइतबार संसद् भवनको ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।

महामन्त्री थापाले रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि इस्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमती गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानबिन गर्न गठित समितिमा आफू नरहने बताएको दाबी गरे ।

‘लामिछानेले मेरो बारेमा बनाएको समितिमा म बस्न पर्दैन भन्नुभयो, तपाईँ बस्नै पर्दैन, तपाईंको काम नेकपा एमालेले गरिदिन्छ,’ उनले भने, ‘तपाईँहरूको बिचमा राम्रो एउटा समझदारी बनेको छ । त्यसको बारेमा धेरै चिन्ताको विषय भएन ।’

कांग्रेसप्रति आक्रामक अभिव्यक्ति दिएका गृहमन्त्री लामिछानेले एमाले जोडिएको कुनै पनि विषयको उठान गरेका थिएनन् ।सहकारी प्रकरणमा एमालेले साथ दिने भएकाले रास्वपाका सभापति लामिछानेलाई चिन्ता नभएको थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077