Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय छानबिन समितिले पहिला गोरखा मिडिया र सुर्यदर्शनकै फाइल पल्टाउँछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समितिले सबैभन्दा पहिला गोरखा मिडिया र सुर्यदर्शन सहकारीकै फाइल पल्टाउने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले छानबिन समितिले सबै कुरा हेर्न पाउने बताए ।

‘उहाँको स्पिचको सार मेरो बारेमा छानबिन समिति बन्दैन। छानबिन समितिले सबै कुरा हेर्न पाउँछ, गोरखा मिडिया हेर्न पाउँदैन । छानबिन समितिले सबैभन्दा पहिला गोरखा मिडियाकै फाइल पल्टाउँछ। सुर्यदर्शनकै फाइल पल्टाउँछ। छैन भने छैन भनेर प्रमाणित गर्छ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077