Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर सिटीले लगातार चौथो पटक उपाधि जितेको हो ।

आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले खेलको दोस्रो मिनेट मै गोल गरेका थिए । यस्तै उनले खेलको १८ मिनेटमा अर्को गोल थपे । खेलको ५९ औं मिनेटमा रोड्रिले गोल गरे । वेस्ट ह्यामका लागि भने मोहम्मद कुडुसले खेलको ४२ औं मिनेटमा गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077