Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुई दिनदेखि बेपत्ता किशोरको शव फेला

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा दुई दिनदेखि बेपत्ता एक किशोरको शव सोमबार फेला परेको छ ।

दोधारा चाँदनी नगरपालिकाका १७ वर्षीय विष्णु सुनारको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार विष्णु शनिबारदेखि महाकाली नदीमा बेपत्ता भएका थिए।

उनको शव दोधारा चाँदनी–१० कुतियाकवरस्थित महाकाली नदीमा फेला परेको हो।

उनको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको प्रवक्ता जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077