Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

'बुद्धका उपदेशहरू प्रासंगिक छन्, जन्मस्थलको प्रचार गरेर धार्मिक पर्यटन प्रवर्द्धन गरौं'

काठमाडौं । सभामुख देवराज घिमिरेले गौतम बुद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व र नेपालका राष्ट्रिय विभूति भएको बताएका छन् ।

२५६८ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन्।।

‘ई.पूर्व ५६३ मा नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व र नेपालका राष्ट्रिय विभूति हुन्। बुद्धलाई हिन्दूहरूले भगवान् विष्णुको अवतार र बुद्ध धर्मका संस्थापक मान्ने गर्दछन्। बुद्धको जन्म, वंश त्याग र उपदेशको विश्वभर नै चर्चा हुने गर्दछ।’ शुभकामना सन्देश भनिएको छ, ‘कठोरताबाट नभई जीवन र लक्ष्यका बीच सन्तुलनको मध्य मार्ग अपनाएर सफलता प्राप्त हुने व्यावहारिक निष्कर्षको अवलम्बनबाट बुद्धले शान्तिको मार्ग पहिल्याएका थिए।’

नेपालको सन्दर्भमा आज पनि बुद्धका उपदेशहरू प्रासंगिक रहेको उनको भनाई छ। “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” जस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचार प्रसार गर्न सके मुलुकमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सहयोग हुने घिमिरेको विश्वास छ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप बुद्ध जयन्ती मनाउने गरिएको छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077