Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गृहमन्त्री लामिछानेमाथि छानबिन समिति नबनेसम्म सदन चल्दैन : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् ।

बिहीबार जनकपुरमा बोल्दै सांसद निधिले यस्तो बताएका हुन् । सांसद निधिले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे ।

उनले गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले शुक्रबार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने बताए ।

सांसदले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको बताए ।

उनले अध्यक्ष सिरोहियाको साथमा नेपाली कांग्रेस र सबै नेपालीहरू रहेको बताए ।

सांसद निधिले सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रूपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077