Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याली आरोहीको मृत्यु

काठमाडौं । सगरमाथा चढ्ने क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ ।

विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै किरुई मृत अवस्थामा भेटिएका हुन् ।

पर्यटन विभागका अनुसार ‘एसएसटी एभरेस्ट एस्पिड २०२४ स्प्रिङ टिम २’ पर्वतारोहण दलका ४० वर्षीय आरोही सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्न गएका थिए ।

उनी विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेका दिन आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए ।

उनीहरू १९ मेका दिन दोस्रो शिविरमा बसेर २० मेका दिन तेस्रो शिविर पुगेका थिए ।

आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे/नगरेको यकिन नभएको समेत विभागले जनाएको छ ।

बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन गाइन परिचालन गरी क्याम्प २ माथि खोजतलास गरेको थियो ।

सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको हो । सहयोगी शेर्पाको भने अझै खोजी जारी रहेको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077