Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

राजनीतिक प्रवृत्ति खराब भए पनि व्यवस्था खराब छैन : धनराज गुरुङ

हेटौँडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भए पनि व्यवस्था खराब नभएको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाज मकवानपुरले बिहीबार हेटौँडामा आयोजना गरेको ‘प्रजातान्त्रिक दर्पण २०८१’ विमोचन तथा सम्मान कार्यक्रममा उपसभापति गुरुङले यस्तो बताएका हुन् ।

उनले नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने धारणा राखे।

उनले भ्रष्ट्राचारसँग जोडिएका कुनै पनि दलका नेताहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न कांग्रेस सधैँ तयार रहेको बताए। ‘कांग्रेसले भष्ट्रचारी विरुद्ध आवाज उठाउँदै आएको छ। त्यसको सुरुवात हामी आफैँबाट गर्न आवश्यक छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077