Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहकारी ठगीको छानबिन गरे गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि हुन्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीको छानबिन गरे गृहमन्त्री रवि लामिछानेको संलग्नता पुष्टि हुने दाबी गरेका छन् ।

प्रधानमन्त्रीसँगको छलफलपछि बालुवाटारबाट बाहिरिने क्रममा बोल्दै सचेतक लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछाने मुछिएका सहकारीहरूको छानबिन गरे उनको संलग्नता पुष्टि हुने सचेतक लेखकको दाबी छ ।

सचेतक लेखकले भने,'व्यक्तिको वा सहकारीको नाम राख्नेभन्दा मूलभूत कुरा सहकारीमा लाखौँको अर्बौं बचत अपचलन भएको छ, रकम दुरुपयोग ठगी भएको छ । ती रकम कतिपय प्राइभेट कम्पनीमा गएको छ, स्वर्णिम, स्वर्णलक्ष्मीजस्ता सहकारीबट गोर्खा मिडिया नेटर्वकमा पैसा गएको छ । कुन कुन सहकारीबाट कहाँ कहाँ गएको छ छानबिन गर्नुपर्छ।'

उनले समिति कस्तो बनाउने भन्ने विषयमा टीओआर बनाउन काम भइरहेको उल्लेख गरे ।

सचेतक लेखकले सुप्रिम, स्वर्णलक्ष्मीलगायत सहकारीबाट कुन कम्पनीमा पैसा गएको छ भन्नेबारे छानबिन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077