Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सहकारी ठगलाई जोगाउन सरकार लागि परेको छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगीमा संलग्नलाई जोगाउन सरकार लागि परेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै अध्यक्ष केसीले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताए।

उनले सरकारले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरूलाई जोगाउने षड्यन्त्र गरिरहेको बताए । अध्यक्ष केसीले सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि बताए ।

अध्यक्ष केसीले भने,‘सहकारीमा ठगेर यत्रो मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुन खालको षडयन्त्र गरिरहेको छ। यो लोकतन्त्रमाथिको आक्रमण हो र गणतन्त्रमाथिको आक्रमण हो।’

केसीले सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन षडयन्त्र गरिरहेको बताए।

कांग्रेसले वेल घेराउ गरेपनि सभामुखले प्रतिनिधि सभाको कामकारबाही अगाडि बढाएका छन्।

अर्थमन्त्री वर्षमान पुनले कांग्रेसको नाराबाजीबीच आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077