Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिमाली सिमास्तम्भको अनुगमनमा सशस्त्र प्रहरी

हुम्ला । नेपाल चीनको सिमाना हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीको प्रहरीले (बिओपी) पाँच हजार मिटर अग्ला दुई वटा सिमास्तम्भहरुको अनुगमन गर्न सफल भएको छ ।

सिमास्तम्भहरुको नियमित अनुगमन कार्य अन्तर्गत बिओपीले एउटा सीमा स्तम्भमा एघारदेखि बाह्र घण्टा पैदल हिँडेर अनुगमन गर्ने कार्य गरेको हो ।

सशस्त्र प्रहरीको ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायव उपरीक्षक गुन्जन प्रताम मल्लले यस वर्ष पाँच हजार मिटर अग्ला दुई वटा सिमास्तम्भहरु बिओपी अनुगमन गर्न सफल भएको बताए ।

यी सिमास्तम्भहरुलाई मौसम तथा उच्च क्षेत्रमा रहेको कारण जतिखेर पनि सुरक्षाकर्मीहरूलाई अनुगमन गर्न सम्भव छैन ।

उनले हालै मात्र सीमा सुरक्षा प्रहरी हिल्साका सुरक्षाकर्मीहरूले अनुगमन गरेका सीमा स्तम्भहरूमा टाकुलेमा रहेको पाँच हजार १४ मिटर अग्लो ११ नम्बर र पाँच हजार ७० मिटर अग्लो ४ नम्बर रहेको बताए । यी दुवै सिम स्तम्भमा सात सात जना सशस्त्र प्रहरीको टोली पुगेको थियो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077