Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

संसदीय छानबिनका विषयमा सहमति गर्न बालुवाटारमा 'निर्णायक बैठक' जारी

काठमाडौं । सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक बालुवाटारमा जारी छ ।

बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित कांग्रेस, एमाले, माओवादी र रास्वपाका नेताहरू सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी छन् ।

एमालेबाट कानूनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम् वाग्ले, सन्तोष परियारलगायत छन् ।

शीर्षसहित कार्यदलका सदस्य बसेर छानबिन समितिको कार्यादेशमा रहेका विमतिलाई सहमतिमा लैजाने नेताहरूको विश्वास छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको भन्दै उनको नाम तोकेर समिति बनाउनुपर्ने अडान राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077