Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेसले संसदमा मुठभेडको अवस्था चाहेको छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा कांग्रेसले द्वन्द्व र मुठभेडको अवस्था चाहेको आरोप लगाएका छन् ।

बालुवाटारमा कांग्रेससँगको छलफलपछि बोल्दै सचेतक बर्तौलाले कांग्रेस कुनै सहमतिको पक्षमा नरहेको बताएका हुन् ।

सचेतक बर्तौलाले भने,‘कांग्रेस संवाद, सहमति गर्न चाहिरहेको छैन। बरू ऊ द्वन्द्व, तनाब, मुठभेडको अवस्था चाहन्छ भन्ने कुराको औपचारिक अभिव्यक्ति महामन्त्री विश्वप्रकाश शर्माले दिइसकेका छन ।’

संसदीय समिति बनाउने सहमतिपछि पनि सदनको अवरोधलाई कायमै राख्ने र पार्टी अध्यक्षमाथि निराधार, तथ्यहीन आरोप लगाउनको निहित उद्देश्य के हो भनेर कांग्रेसले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ।

सत्तापक्ष जिम्मेवार भएर संवाद र सहमतितर्फ अग्रसर भइरहँदा कांग्रेसले सभामुखविरूद्ध महाभियोगको विषय अघि सारेको सचेतक बर्तौलाले बताए।

सोमबारको बैठकपछि प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद जीवन परियारले एमाले सहमतिका लागि तयार नरहेको बताएका थिए।

प्रधानमन्त्रीले सहमतिका लागि सत्तापक्ष र प्रतिपक्षसँग औपचारिक, औपचारिक छलफल गरिरहेको, सहकारीको बचत अपचलनको विषय निरूपणका लागि संवेदनशील भइरहँदा समग्र सत्तापक्षको भूमिका त्यस्तो नदेखिको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077