Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनकपुर बजारबाटै साढे ५५ लाखको काजु बरामद, सशस्त्र र नेपाल प्रहरीकै सेटिङमा तस्करी

जनकपुरधाम । सीमानाकादेखि राजमार्गमा हुने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका चौकीदेखि बीओपी पार गरी भित्रिएको ५५ लाख ५० हजार बराबरको काजु र किसमिस लगायतका ड्राइफुड भन्सार कार्यालय जनकपुरले बरामद गरेको छ ।

२ हजार १ सय १० किलो काजु र ५४० किलो किसमिस बोकेको मधेश प्रदेश ०४–००१ ख ०१७१ नम्बरको ट्रक भन्सार कार्यालयको टोलीले सोमबार जनकपुर उपमहानगरपालिका–, कल्याणी मार्टनिरबाट बरामद गरेको हो । भन्सारको टोलीले काजु र किसमिस बोकेको ट्रक रोकपछि चालक फरार भएका छन् ।

बरामद ट्रक र काजु किसमिस बरामद गरी जनकपुर भन्सार कार्यालयले मुद्दा चलाइसकेको छ । जनकपुरबाट सबै भारतीय सीमा नाका कम्तीमा १० किलोमिटर टाढा पर्दछन् ।

सिमानाकाबाट तस्करीको भन्सार/छली गरी जनकपुरसम्म सामान निर्बाध आउने गरेको सोमबार भन्सार कार्यालयको टोलीले बरामद गरेको काजु किसमिसले पनि पुष्टि गरेको छ ।

धनुषाका सबै नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सीमाका चौकी र बीओपीको सेटिङमै भन्सारछली तस्करी हुँदै आएको छ । भन्सार कार्यालयले काजु बरामद गरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि प्रश्न खडा भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुखमा नेपाल प्रहरीका एसपी भुवनेश्वर तिवारी छन् भने सशस्त्र प्रहरी बल गण नम्बर ७ का प्रमुख एसपी दर्शन गिरी छन् । गिरी त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिधै पहुँच देखाएर धनुषामा सरुवा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077