काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना गर्ने निजी कम्पनीको नाम राखेर संसदीय छानबिन समिति बनाउन तयार भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अबेर रातसम्म भएको छलफल यस्तो सहमति भएको हो । भोलि ११ बजे सहमति पत्रमा हस्ताक्षर गर्नेगरी टुंगिएको छ ।
भोलि ११ बजे बस्ने कार्यदलको बैठकले सहमति पत्रमा हस्ताक्षर गर्ने कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए ।
प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम अपचन गर्ने कम्पनीको नाम लेख्ने र दोषी देखिए कम्पनीको पदमा बसेकाहरूलाई कारबाही गर्ने विषयमा सहमति भएको उनले बताए ।