Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सरकारले पुरानै ढर्राबाट कर्मकाण्डी बजेट ल्यायो : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बजेटमा कुनै सुधार नआएको टिप्पणी गरेका छन्।

सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका प्रवक्ता महतले बजेट वितरणमुखी भएको बताएका हुन् ।

प्रवक्ता महतले भने, 'जसरी अर्थतन्त्र सुधारको कुरा गरिएको थियो, बजेटले त्यसलाई सम्बोधन गरेको छैन । अर्थतन्त्रको सुधार प्रक्रियाबारे बजेट मौन छ ।'

बजेटले समस्या समाधान नगरेको बरु छोपेर राखेको प्रवक्ता महतले आरोप लगाए । उनले उत्पादन बढ्ने र लगानी आउने परिवेश पनि नदेखेको बताए ।

बजेटले धेरै कुरा छुने प्रयास गरेपनि परिणाम आउने आफूले नदेखेको प्रवक्ता महतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077