Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पूर्वअर्थमन्त्री महतले भने - यो बजेटले आर्थिक बेथिति रोक्न सक्दैन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको दाबी गरेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गरेपछि संसद् भवनमा प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका महतले यस्तो बताएका हुन् ।

प्रवक्तामहतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको र यसले बजेटको बेथितीलाई नरोक्ने बताए ।

प्रवक्ता महतले भने,'दशक लामो नै सुधार गर्ने भन्नु भएको छ । तर त्यो सुधार्ने कार्यक्रम छैन । बजेट कनिका छर्ने प्रबृत्तिका छ । यसले गर्दा ठूला आयोजना सम्पन्न हुने कुरामा शंका छ।'

उनले ठूलो आकारको बजेट बनाउने कुरामा ब्रेक लागेपनि यो बजेट वास्तविकता भन्दा माथि रहेको बताए ।

उनले स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाउने कुरा ठिक नभएको बताए ।

त्यसरी हटाउँदा आन्तरिक व्यापारीलाई कुनै सहयोग नहुने प्रवक्ता महतले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077