Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गहना लुट्न बिर्तामोडकी विष्णुमायाको हत्या, संलग्न ५ जना पक्राउ

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाकी ६७ वर्षीया विष्णुमाया विष्टको हत्यामा संलग्न ५ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले वृद्धा हत्या आरोपमा संलग्न ५ जनालाई पक्राउ गरेर सार्वननिक गरेको हो ।

पक्राउ पर्नेमा शिवनगरकै २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र अर्जुनधारा ६ का ४३ वर्षीय धनबहादुर कामी छन् ।

वैशाख २६ गते बिर्तामोड नगरपालिका-४ शिवनगरमा आफ्नै घरमा बसिरहेकी विष्टको टाउकोमा हतियार प्रहार गरी हत्या भएको थियो ।

गङ्गा हत्या र चोरीमा संलग्न मुख्य व्यक्ति रहेको सीआईबी अनुसन्धानबाट खुलेको छ ।

महेशले चोर्न जान सहयोग गरेको र वर्षाले चोरेर ल्याएको सामान लुकाउन सहयोग गरेको प्रहरी अनु सन्धानबाट खुलेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

माझीले भने मृतकको सुन बेच्न सहयोग गरेको र कामीले लुटिएको सुन खरिद गरेका थिए ।

उनीहरुको साथबाट प्रहरीले सुनको हातमा लगाउने बाला, सुनको सिक्का भएको बेरुवा औँठी, सुनको जन्तर, मृतकले लगाएको सुनको सिक्री, कानमा लगाउने सुनको टप र चाँदीको कलश बरामद गरेको छ ।

यसको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड र केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटिएको थियो।

पक्राउ परेका पाँच जनामाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077