Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सदनमा विचारधीन विधेयकहरु अघि बढ्छन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा पनि सदनमा विचाराधीन विधेयक अघि बढाउने बताएका छन् ।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्वीर प्रदर्शनीको अवलोकनपछि सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट पारित गर्ने मात्र नभएर विचारधीन विधेयकलाई समेत अघि बढाउने बताएका हुन् ।

“बजेट अधिवेशन सञ्चालन भइरहेको छ, यो अधिवेशनमा विचारधीन विधेयक पनि अघि बढाउनुपर्नेछ, विस्तारै सांसदहरुलाई दायित्वबोध भएको मैले महसुस गरेको छु”, उनले भने, “विधेयक ल्याउने र अघि बढाउने विषयमा सरकार पनि तुलनात्मकरुपमा सक्रिय छ, समितिमा रहेका विधेयकमा फटाफट काम भइरहेका छन्, आजै पनि संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित भएको छ, त्यसलाई संसद्मा बजेटकै बीचमा पनि प्रवेश गराएर अघि बढाउँछौँ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077