Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६० किलो सुन तस्करी प्रकरणमा संलग्न थप एक जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ ।

सीआईबीले काभ्रेको तेमाल गाउँपालिका घर भएका ४५ वर्षीया थर्कमान लामालाई पक्राउ गरेको हो ।

लामालाई लाजिम्पाटबाट पक्राउ गरिएको सीआईबी स्रोतले बतायो । पूर्वन्याायधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ ।

जसक्रममा लामाको भूमिका शंकास्पद देखिएपछि लाजिम्पाटबाट पक्राउ गरेर सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो ।

पछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको थियो ।

६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनबहादुर गुरुङ समेत संलग्न देखिएको भन्दै सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077