Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले सेवाग्राहीलाई सहज हुन्छ : मन्त्री अर्याल

धनुषा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले रोजगारदाता र योगदानकर्ता श्रमिकलाई सेवाका निम्ति थप सहज हुने बताएका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा शनिबार सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन गर्दै उनले यससँगै कोषको सेवाबारे बुझ्न र आबद्ध हुन सहज हुने विश्वास व्यक्त गरे ।

“कार्यालय स्थापनाले स्थानीय सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरेका छौँ । अब सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकम कहाँ जान्छ, योगदान गर्दा कस्तो लाभ पाउन सकिन्छ भन्ने विषयमा मधेस प्रदेशका सेवाग्राहीलाई स्पष्ट जानकारी दिन कार्यालयका कर्मचारीको भूमिका महत्त्वपूर्ण छ । योजनामा ढुक्कसँग सहभागी हुन म सेवाग्राहीलाई आग्रह गर्दछु,” मन्त्री अर्यालले भने ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कार्यालयबाट धनुषा, सप्तरी, सिरहा र सर्लाही गरी चार जिल्लाका रोजगारदाता र श्रमिकलाई सेवा लिन सहज हुने बताए । उनले चार जिल्लाबाहेक अरू ठाउँका व्यक्तिले पनि लाभ लिन सक्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077