Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सशस्त्रका डीएसपी कार्कीलाई सेवाबाट बर्खास्त गर्ने तयारी

काठमाडौं । प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा नेत्र बहादुर कार्कीलाई सरकारले कारबाहीको तयारी गरेको छ ।

गत चैत १४ गतेदेखि बिना जानकारी सम्पर्कबिहीन भएका उनलाई गृह मन्त्रालयले कारबाहीको तयारी गरेको हो ।

एपीएफ अस्पताल, बलम्बु काठमाडौंमा दरबन्दी भएका कार्की बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रहेर जिम्मेवारी एवं आचरण विपरितको कार्य गरेको देखिएको हुँदा उनलाई सशस्त्र प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी भएको हो । 

यदि विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्याद ७ दिनभित्र सफाई पेश गर्न मन्त्रालयले निर्देशन पनि दिएको छ ।

उनको घर स्याङ्गजाको विरूवा गाउँपालिका वडा नम्बर १ हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077