Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सरकार परिवर्तन भएपछि ठूला लगानीकर्ता नेपाल आएनन् : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकार परिवर्तन भएसँगै ठूला लगानीकर्ता नेपाल नआएको दाबी गरेका छन् ।

बजेटमाथि प्रतिनिधिसभामा बोल्दै सांसद महतले यस्तो दाबी गरेका हुन् । १५/२० खर्ब लगानी भित्र्याउने भनिएको लगानी सम्मेलनमा १० अर्बको कमिटमेन्ट आउनु लज्जास्पद भएको उनले टिप्पणी गरे ।

सांसद महतले सांसद विकास कोषको रुपमा चिनिने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट शहरी विकास मन्त्रालयमा राखेर अगाडि बढाइएको बताए।

सांसद विकास कोषको बजेट जोडिएकाले शहरी विकास मन्त्रालयको बजेट ६६ अर्बबाट बढेर ९२ अर्ब पुगेको सांसद महतको भनाई छ ।

उनले विपक्षी सांसदहरुको लागि थोरै बजेट छुट्याइएको हुन सक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077