Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर​ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

​​अख्तियारले सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। ​​

उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

नगरपालिकाको इन्जिनियर भन्ने रमेशकुमार चौधरीले विद्यालयको बाउन्ड्री वाल निर्माणपश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए ।​

आयोगको बर्दिबासबाट खटिएको टोलीले रमेशकुमार चौधरी र गुरुदेव यादवलाई सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

साथै अख्तियारले उनीहरूको साथबाट १ लाख ७५ हजार रुपैयाँको चेकसमते बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077